एजेन्सी, ७ भदौ । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले मार–ए–लागो भवनमा भएको छापालाई लिएर न्याय विभागविरुद्ध मुद्दा दायर गरेका छन् । उनको मार–ए–लागोको घरबाट जफत गरिएका फाइलहरूसम्बन्धी न्याय विभागको अनुसन्धान रोक्न उनले न्यायाधीशलाई आग्रह गरेका हुन् । ट्रम्पको कानुनी टोलीले यही महिनाको सुरुमा एफबीआई एजेन्टहरूले नियन्त्रणमा लिएका कागजातहरूको निरीक्षण गर्न एक स्वतन्त्र वकिल नियुक्त गर्न आग्रह…