बंगलादेशमा आगलागीमा परी ५ जनाको मृत्यु, सयौं घाइते

एजेन्सी, २२ जेठ । बंगलादेशको दक्षिणपूर्वी सहर सीताकुण्डमा रहेको एउटा कन्टेनर डिपोमा लागेको भीषण आगलागीमा परी पाँच जनाको मृत्यु भएको छ भने करिव सय जना घाइते भएका अधिकारीहरूले आइतबार बताएका छन् । आगलागी देशको मुख्य समुद्री बन्दरगाह चटगाउँबाट ४० किलोमिटर टाढा रहेको एउटा भित्री कन्टेनर भण्डारणमा मध्यरातमा लागेको अग्नि सेवाका अधिकारी जलाल अहमदले भने ।…