बन्धकहरूलाई रिहा गर्न हमास सहमत

काठमाडौँ, १८ असोज । हमासले गाजामा युद्ध अन्त्य गर्नका लागि प्रस्तुत अमेरिकी शान्ति योजनाका केही अंशहरू स्वीकार गरेको छ ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तोकेको आइतबारको समयसीमाअगाडि हमासको यस्तो भनाइ आएको बीबीसीले जनाएको छ । आफ्नो विज्ञप्तिमा हमासले बाँकी रहेका सबै इजरायली बन्धकहरूलाई रिहा गर्ने तर प्रस्तावका विषयमा थप वार्ता गर्न चाहेको उल्लेख गरेको छ । …