सम्पादकीय

भवन बनाउन बजेट आउँछ, पिलर उठाउन पुग्दैन



काठमाडौं, १६ माघ । शान्ति तथा पुननिर्माण मन्त्रालयले शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत यस बर्ष गोरखामा एक सय २२ वटा योजना सिफरिस गरेको छ । यी योजना विद्यालय, गाविस भवन र सामुदायीक भवन निर्माणका छन् । तर छुट्याइएको बजेट भवनको पिलर उठाउन पनि नपुग्ने खालको जम्मा एक लाख रुपैयाँ छ ।

गत बर्ष ४२ वटा योजनामा दुईदेखि पाँच लाखसम्म विनियोजन भएको थियो भने यो बर्ष योजना बढ्ने तर बजेट घट्ने भएको छ । धेरै आयोजनामा छरपस्ट बजेट हुदा निर्माण अलपत्र हुने, एक बर्ष भएको अपूरो काम अर्को बर्ष बिग्रिसक्ने, सम्पन्न गर्न बर्षौ लाग्ने हुदा उपलब्धी न्यून हुने अनुभव जिल्ला प्राविधिक कार्यालयका कर्मचारीको छ ।

१५ देखि २० लाख स्टिमेट भएको योजनामा बार्षिक एक देखि तीन लाख विनियोजन हुने गरेको छ । शान्तिका लागि विकास कार्यक्रम अन्तर्गत गत बर्ष मसेल ३ को मनकामना निमाविको विद्यालय भवन निर्माण गर्न एक लाख रुपैयाँ विनियोजन भयो । गत बर्ष उक्त बजेटले घडेरी खारेर विद्यालयले भवन बनाउने योजना बनाएपनि काम अघि नबढेको नागरिकमा समाचार छ ।