Banner News

शनिबार नै आउँछ भनिएको चिनियाँ जहाज विहीवार नै किन ल्याइयो ?



काठमाडौँ,१७ माघ । नेपाल वायु सेवा निगमले चीनबाट आयात गर्न लागेको दुईवटा जहाज

गएको शनिवार एक साता पछि आउने भनेको थियो । तर, शनिवार जहाज आउने भनेको भए पनि एउटा जहाज निगमले गएको विहीवार साँझ नै ल्यायो ।
एक साता अघि दुईवटा जहाज एकै पल्ट शनिवार ल्याउने भनेर निगमले समाचार सार्वजनिक गरेको भए पनि एउटा मात्रै जहाज विहीवार नै किन ल्यायो भन्ने प्रश्न अहिले उठ्न थालेको छ । दुईवटा जहाज एकैदिन ल्याउने भनेर एउटा जहाज मात्रै सुटुक्क दुईदिन अघि किन ल्यायो भन्ने प्रश्न अहिले निगमकै कर्मचारीहरुले उठाउँन थालेका छन ।

शनिबार एम ए ६० र वाइ १२ जहाज ल्याउने भनिएको थियो । शनिवार दुइृवटै जहाज ल्याउने भनेको भए पनि विहीवार एम ए ६० जहाज बढी यात्रु हुने सुगम क्षेत्रमा उडानका लागि प्रयोग गरिने जहाज मात्र ल्यायो । अर्को जहाज वाइ १२ जहाज पहाडी क्षेत्रमा उडान गरिनेछ , त्यो कहिले आउँछ वा आउँदैन यस बारे निगमले अहिले सम्म केही बोलेको सुन्नमा आएको छैन् ।
चिनियाँ पक्षले जहाजको स्पेयर पार्टस तथा प्राविधिक विषयमा निगमसँग लिखित रुपमा प्रतिबद्धता जनाएका कारण दुईवटा जहाज आउन लागेको निगमका महाप्रबन्धक सुगतरत्न कङ्शाकारले जानकारी गराएका थिए ।

यसअघि ल्याइएका दुईवटा जहाजको प्राविधिक रुपमा विभिन्न समस्या उत्पन्न भएपछि यसपटक प्राविधिक उपकरण तथा स्पेयर पार्टससमेत काठमाडौँमा नै उपलब्ध गराउने चिनियाँ पक्षको प्रतिबद्धता आएकोले चिनियाँ जहाज ल्याउन लागेको महाप्रबन्धक कंशाकारले जानकारी गराएका थिए ।

चीनको अनुदानमा दिएको दुईवटा जहाज यसअघि नै आइसकेको छ विहीवार आएको एउटा जहाज र आउँन बाँकी नै रहेको वाइ १२ आउने भने ऋण सम्झौतामा ल्याउन लागिएको हो । विहीवार ल्याइएको जहाजएम ए ६० जहाजमा ५६ सिट तथा वाइ १२ मा १८ सिट रहेको छ । विहीवार आएको र आउन वाँकी वाइ १२ जहाज आएपछि निगमको आर्थिक अवस्थमा सुधार आउने निगमका महाप्रबन्धकले वताएका छन् । क्रमिकरुपमा घाटाको ओरालो बाटो समाएको निगमलाई फेरी आएका चिनियाँ जहाजले निगमको आर्थिक अवस्था सुधार गर्न कतिको टेवा दिने छ । त्यो भने हेर्न बाँकी छ । यस अघि आएका चिनियाँ जहाजले निगमलाई आथिृकरुपले उठाउने काममा त्यति सहयोग गरेको थिएन् ।

यसैबीच निगमले निगमले एयरबसको ठूलो जहाज (वाइडबडी) खरिदका लागि अमेरिकी कम्पनी एएआर कर्पोरेसनलाई ५ करोड ४४ लाख रुपैयाँ (५ लाख डलर) बैना दिने शुक्रबार सम्झौता गरेको छ ।दुईटा वाइड बडी विमान खरिदका लागि निगमले असोज पहिलो साता आह्वान गरेको खरिद प्रक्रियामा सहभागी भएका ११ वटा कम्पनीमध्येबाट माघ १ गते एएआर कर्पोरेसन छानिएको थियो । ‘निगमका तर्फबाट बैनाका लागि भएको सम्झौतापत्रमा निगमका महाप्रवन्धक सुगतरत्न कंशाकार र एएआरका तर्फबाट दीपक शर्माले हस्ताक्षर गरेको स्रोतले वतायो ।उक्त सम्झौतापत्रमा साक्षीका रुपमा निगमका निमित्त महाप्रवन्धक आरबी शाह र एएआरका तर्फबाट निक प्राइसले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एएआरले ०७४ पुस र चैतमा गरी दुइटा वाइडबडी काठमाडौं आउनेछ ।