Banner News

कांग्रेस सभापति र माओवादी केन्द्रका उपाध्यक्षसहित २४ बढी एमालेमा प्रवेश (फोटो फिचर)



कालु बोहरा

(साफेबगर) अछाम, १८ माघ । कांग्रेस र माओवादी केन्द्र सरकारमा रहेको बेला पार्टी परित्याग गर्दै एमालेमा प्रबेश गर्नेको लहर लागेको छ । आइतबार अछाममा यहि काम चलिरह्यो ।

कांग्रेस जिल्ला सभापती र माओवादी केन्द्रका उपाध्यक्षसहित दुई दर्जन बढी नेता कार्यकर्ता एमालेमा प्रबेश गरे । आइतबार अछामको बुढाकोट गाँउ कार्य समिती सभापती अर्जुन कुवर, उपसभापती मन्नाजे हुड्केसहित गाँउकार्य समिती भंग गर्दै सबै पदाधिकारी एमालेमा प्रवेश भएका छन् ।


यस्तै माओवादी केन्द्र लुंग्रा गाँउ कमिटीका अध्यक्ष भुमिनन्द पाण्डे लगाएत दर्जनौ नेताकार्यकर्ता एमालेमा प्रबेश गरेका छन् । नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस नेपाल आमाको अस्तीत्वलाई विदेशीको हातमा सुम्पन समेत पछि नहट्ने  संकेत देखिएका कारण आफु  एमालेमा प्रवेश गरेको नव प्रवेशी नेताहरुले बताए ।

आफुहरुलाई कुनै लोभ लालचमा नभई एमाले पार्टी जस्तै सच्चा देश भक्त भएकाले एमालेमा प्रवेश गरेको बताएका छन् । एमाले अछाम क्षेत्र नंं. १ को कार्यकता भेला का प्रमुख अतीथी नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष भीम रावलले अविर माला लगाएर स्वागत गरे ।