विश्व

प्यालेटाइनी राष्ट्रपति अब्बास पाकिस्तानमा



इस्लामाबाद, १८ माघ । प्यालेटाइनी राष्ट्रपति महमुद अब्बास तीन दिन भ्रमणको क्रममा पाकिस्तान आएका छन् ।

इस्लामाबादमा बनेको प्यालेटाइनको नयाँ राजदूतावास भवन उदघाटन गर्नको लागि उहाँ त्यहाँ पुग्नु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

पाकिस्तानको राजधानीमा पुगेका राष्ट्रपति अब्बासको साथमा पाँच मन्त्रीसहित १७ सदस्यीय प्रतिनिधि मण्डल रहेका जनाइएको छ । पाकिस्तानका राष्ट्रपनि मम्नून हुसैनले प्यालेटाइनी राष्ट्रपतिलाई स्वागत गरेका छन् ।

अब्बासको यो तेस्रो पाकिस्तान भ्रमण हो । यस अघि उनले २००५ र २०१३ मा पाकिास्तानको भ्रमण गरेका थिए ।

प्यालेटाइनी राष्ट्रपतिको पाकिस्तानका प्रधानमन्त्रीसँग पनि भेटघाट गर्ने कार्यक्रम रहेको पाकिस्तानी विदेश मन्त्रालयद्धारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।

्प्यालेटाइनी राष्ट्रपतिका साथैमा रहेका प्रतिनिधि मण्डलले पाकिस्तानी राष्ट्रपतिसँग भेटवार्ता गर्ने र दुई देशका नेताहरुबीच द्विपक्षीय हितका विषयमा वार्ता हुने बताइएको छ । सिन्ह्वा