Banner News

कार्यालय समयमा अब सबै कर्मचारीहरु कुर्सीमा भेटिनु पर्छः अध्यक्ष देबकोटा

काठमाण्डौ । १८ माघ । नेकपा एमाले निकटका सरकारी कर्मचारीहरुको छाता संगठन नेपाल निजामती कर्मचारी संगठनले कार्यालय समयभित्र कुनै पनि सांगठनिक कार्यक्रम र गतिविधि नगर्ने घोषणा गरेको छ । कार्यालय समयमका कर्मचारीहरु सागठानिक लगायत अन्य गतिविधिमा सहभागी हुँदै आएका कारण पनि सेवाग्राहीहरु मर्कामा पर्ने गरेकाले त्यसलाई ध्यानमा राखेर संगठनले यस्तो निर्णय लिएको संगठनका अध्यक्ष केदारप्रसाद देवकोटाले जानकारी गराए ।

दसौँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित नयाँ नेतृत्वको पहिलो केन्द्रीय कमिटी बैठकले यस्तो निर्णय गरेको हो । निर्वाचित नयाँ नेतृत्वको पहिलो बैठकले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष देवकोटाले भने– ‘अबदेखि संगठनले आयोजना गर्ने सांगठनिक कार्यक्रम र एवं गतिविधिहरु कार्यालय समयमा नगर्ने निर्णय भएको छ ।’

कार्यालय समयमा सेवाग्राहीलाई सेवा दिनु पर्ने भएकाले सांगठनिक कार्यक्रम र एवं गतिविधिहरु कार्यालय समय अर्थात १०–५ भित्र नगर्ने निर्णय गरेको उनले जानकारी दिए । ‘हामी मात्र होइन सबै सरकारी कर्मचारी कार्यालय समयम कार्यालयको कुर्सीमा भेटिनुपर्छ,’ उनले भने, ‘सेवाग्राही सेवा लिन कार्यालय पुग्दा कर्मचारी कुर्सीमा अनिवार्य भेटिनुपर्छ । हामी देशभरी नै यो अभियान चलाउँछौँ । हाकिमहरुलाई पनि यही दवाव दिन्छौँ ।’

कार्यालय समयमै कर्मचारीहरुलाई आन्न्दोलन खटाएको विषयमा सञ्चारकर्मीले जिज्ञासा राख्दा देवकोटाले देश विभाजन गर्ने धम्की दिनेहरुका विरुद्धको आन्दोलन भएकाले आफूहरु सहभागी भएको बताए । ‘राष्ट्रियताका सवालमा सरकारी कर्मचारी टुलुटुलु हेरेर बस्न सक्दैनन्,’ उनले भने, ‘कसैले राष्ट्र नै टुक्र्याउने धम्की दिन्छ र त्यसको विरुद्धमा आन्दोलन गर्नुपर्ने भयो भने हामी मात्र होइन सबै कर्मचारीलाई कार्यालयमा ताला लगाएर सडकमा उतार्छौ ।