राजनीति

दलमा लागेका शिक्षकमाथिको कारबाही विवरण १५ दिनभित्रमा पेस गर्न निर्देशन



काठमाडौँ, ४ जेठ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले दलको सदस्य रहेका शिक्षक-कर्मचारीमाथि भएको कारबाहीको विवरण माग गरेको छ । केन्द्रले ७७ वटै जिल्लाका शिक्षा विकास तथा समन्वय इकाइलाई पत्राचार गर्दै राजनीतिक दलको  कार्यसमितिमा रहेका तथा महाधिवेशन प्रतिनिधि रहेका शिक्षक-कर्मचारीमाथि के कस्तो कारबाही प्रक्रिया अगाडि बढाइएको छ १५ दिनभित्र विवरण पेस गर्न भनेको हो ।

त्यस्तै विद्यालय व्यवस्थापन समिति र शिक्षा विकास तथा समन्वय इकाको स्वीकृति नलिई आफू बहाल रहेको विद्यालय बाहिर काम गर्ने तथा काजमा बस्ने के कति शिक्षकहरू छन्, त्यसको हालसम्म भएको प्रगतिको समेत विवरण माग गरेको हो ।