Banner News

बस दुर्घटनामा दुईजनाको मृत्यु, २० घाइते



पाल्पा, २ माघ । पाल्पाको सिलुवा गाउँ विकास समिति वडा नं ४ बैछापमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ ।

दुर्घटनामा रामपुर मटेरीका ३८ वर्षीय लालसिंह थापा, सनाखत हुन नसकेका अन्दाजी २२ वर्षीय एक पुरुषको मृत्यु भएको इलाका प्रहरी कार्यालय, रामपुरले जानकारी दिएको छ ।

उनीहरुको उपचारका लागि लुम्बिनी मेडिकल कलेज प्रभासमा लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको हो । बसमा सवार २४ जना यात्रुमध्ये २० घाइतेको उपचारका लागि प्रभासमा पठाइएको छ ।

बुटवलबाट रामपुरतर्फ आउँदै गएको ना४ख ९२१८ नंको गाडी गएराति १०ः४५ बजे दुर्घटना भएको हो ।