शैक्षिक

मोरङका पाँचवटा खोलामा पुल निर्माण



मोरङ, २७ पुस । मोरङका पाँचवटा खोलामा पक्की पुल निर्माण सम्पन्न भएका छन् । जिविस मोरङले विराटनगरको सिङ्घिया, रङ्गेलीको घाँगी, राजघाटको कट्नु र टङ्किसिनवारीको खदरा खोलामा पुल निर्माण गरेको हो ।

जम्मा नौ करोडभन्दा बढीको लागतमा ती सबै पुल निर्माण सम्पन्न गरेको जिविसका इन्जिनियर घनश्याम दाहालले जानकारी दिए । दुईदेखि तीनवर्ष भित्रमा ती सबै पुल निर्माण सम्पन्न गरिएको दाहालको भनाइ छ ।

यसैगरी, जिविसले सानाठूला गरी ३० वटा पुल निर्माण गरिरहेकोमा त्यसमध्ये पाँचवटा पुलको निर्माण कार्य भर्खरै सम्पन्न भएको र बाँकी पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको इन्जिनियर दाहालले बताए । एक वर्षभित्र सबै पुलको निर्माण कार्य सम्पन्न हुने जिविसले जनाएको छ ।