विश्व

पुटीन र ट्रम्पबीच पहिलो वार्ता



 

मस्को, १५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति पदमा सपथग्रहण गरेपछि पहिलो पटक रुसका राष्ट्रपति भ्लादिमिर पुटीन र अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पबीच शनिबार टेलिफोन वार्ता हुने सम्भावना रहेको क्रेमलिनले जानकारी दिएको छ ।

यद्यपी रिया नोभोस्ती समाचार सेवाले शुक्रबार क्रेमलिनका प्रवक्ता डिमित्रि पेस्कोभ यी दुई नेताबीच शनिबार टेलिफोन वार्ता हुनसक्ने हो भनि सोधिएको प्रश्नमा उहाँले हो भन्ने जावाफ दिएको।सीएनएनले जानकारी दिएको छ ।

वार्ता भएमा गत जनवरी २० मा ट्रम्पले राष्ट्रपतिको सपथग्रहण गरेपछि उहाँहरुकीचको पहिलो वार्ता हुने उहाँले बताउनुभयो ।

उहाँहरुकाबीचमा यसअघि अमेरिकाको राष्ट्रपतीय निर्वाचनको प्रचारप्रसारको बेलामा पनि टेलिफोन वार्ता भएको थियो ।

सो वार्ताका क्रममा उहाँहरुकाबीचमा अमेरिका र रुसको सम्वन्धलाई समान्य बनाउने बारेमा सहमति भएको थियो । रासस÷एएफपी