सम्पादकीय

दलीय भागबन्डाले विद्यार्थी खुला चौरमै



खोटाङ, १६ माघ । दलीय भागबन्डमा बजेट वितरण गर्ने परिपाटीका कारण भूकम्पले क्षतिग्रस्त विद्यालयका विद्यार्थी चौरमा पढ्न बाध्य भएका छन् ।

जलेश्वरी ३ स्थित जनकल्याण प्राथमिक विद्यालयमा भवन बनाउन आवश्यक भएर पनि बजेट नपाउँदा विद्यार्थी चौरमा पढ्न बाध्य छन् ।
आवश्यकताभन्दा पनि दलका नेताको सिफारिसमा बजेट विरण गर्ने परिपाटिका कारण आफ्नो विद्यालयले भवन बनाउने बजेट नपाएको व्यवस्थापन समितिका अध्यक्ष धनकुमार राइले गुनासो गरे ।

भूकम्पको क्षति र आवश्यकताका आधार गत बर्ष नै भवन बनाउने बजेट पाउनुपर्नेमा यसपल्ट पनि नपाएको उनको भनाइ छ ।

भूकम्पले भवन भत्किएपछि जनकल्याण प्राविले चौरमा पढाइ सञ्चालन गर्दै आएको छ । कक्षा तीन सम्म पढाइ हुने विद्यालयमा २९ जना विद्यार्थी छन् । भत्किएको भवनको भग्नावशेष मात्र रहेको नागरिकमा समाचार छ ।