सम्पादकीय

आतंकवादलाई परास्तै गर्न सक्षम रहेको नेपालको प्रमाण पेस



काठमाडौं , २० माघ । भारतले आफ्ना निजी तथा सरकारी विमानमा सवार रहने हतियारधारी फौजी दस्ता (एयर मार्सल) का लागि नेपालमा बासस्थान मागिरहेको बेला नेपालले भने आतंकवादविरुद्ध लड्न आफू सक्षम र सक्रिय रहेको अन्तराष्ट्रिय समुदायसमक्ष स्पष्ट पारेको छ ।

काठमाडौंमा हालै सम्पन्न अन्तराष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) को एसीया सम्मेलनमा सन् २००४ (२०६० साल) यता अन्तराष्ट्रिय आतकंवादी संगठनका सदस्यविरुद्ध आफुले गरेको कारबाही विवरण प्रस्तुत गर्दै नेपालले आतकंवादविरुद्ध लड्न मात्र होइन, परास्तै गर्न सक्षम रहेको प्रमाण पेस गरेको हो ।

ब्युरोप्रमुख डिआइजी बमबहादुर भण्डारीले नेपालले अन्तराष्ट्रिय आतकंवादी संगठनका पछिल्ला घोषणाले उत्पन्न सम्भावित खतराविरुद्ध तयारीबारे जानकारी गराएको  नागरिकमा समाचार छ ।