शैक्षिक

तीन तहकै निर्वाचन घोषणा गर्न सरकारसंग सभापति देउवाको जोड



काठमाडौँ, २० माघ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताए ।

प्रजातान्त्रिक विचार समाजद्वारा प्रकाशित पुस्तक ‘चिन्तन’को लोकार्पण गर्दै सभापति देउवाले सबै दललाई मिलाएर तीन तहको निर्वाचन गराइए मात्र प्रजातन्त्र बलियो हुने बताएका हुन ।,निर्वाचन विना मुलुकमा प्रजातन्त्र वलियो हुँदैन । सभापतिले “सम्पूर्ण देशलाई मिलाउने जिम्मेवारी काँग्रेसको काँधमा रहेको छ ।”

पूर्व प्रधानमन्त्री देउवाले मधेसी दलको भावनालाई समेट्नका लागि संशोधन प्रस्ताव दर्ता भएको र यसलाई पारित गर्न नेकपा एमालेले समेत सहयोग गर्नुपर्ने बताए । सभापतिले संविधान कार्यान्वयन भएमात्र मुलुक आर्थिक रुपमा अगाडि बढ्ने भएकाले संविधान कार्यान्वयनका लागि सबै दल एकजुट हुनुपर्नेमा जोड दिए।

मुलुकका सबै दल प्रजातान्त्रिक पद्धतिमा आइसके पनि पूर्ण प्रजातान्त्रिक हुन नसकेको सभापतिको भनाइ थियो । देउवाले नेपालमा भएका प्रजातान्त्रिक उपलब्धिलाई जनतामाझ चिनाउन प्रजातान्त्रिक विचार समाजको ठूलो योगदान रहेको वताए।

सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले केही दिनमै स्थानीय निकायको निर्वाचन गर्ने तयारीका साथ सरकार लागिपरेको बताए। मन्त्री केसीले भन्नुभयो, “संविधान कार्यान्वयनका लागि संविधान निर्माण गरेका शक्तिहरु एक हुनुपर्छ ।”

मन्त्री केसीले भारतमा संविधान निर्माण भएपछि अहिलेसम्म १३१ पटक संशोधन भइसकेको उदाहरण दिँदै नेपालको संविधान संशोधन गर्नु हुँदैन भन्ने हठ त्याग्न प्रमुख प्रतिपक्षी दललाई आग्रह समेत गरे । ।