Banner News

निर्वाचन टार्ने मिशनमा प्रचण्ड अघि–अघिः कांग्रेस लुरुलुरु पछि–पछि



काठमाण्डौ२५ माघ । प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको नेतृत्व गरेको छ महिना वित्न लाग्यो । सरकार गटन गर्दा उनलाई कांग्रेसले मधेसवादी र जनजाती लगायत संविधानसंग असहमत पक्षलाई मिलाएर चैत्रभित्रमा नै निर्वाचन गर्ने सत्ताको चावी बुझाएका थिए । तर, यस वीचमा प्रचण्डले मुखले निर्वाचनको नाम जप्ने काम निर्वाचन विथोल्ने खेल खेल्दै आएका छन् ।

उनको निर्वाचन टार्ने खेलको कांग्रेस पार्टीका सभापति शेरवहादुर देउवा रमिते बन्दै आएको देखिएको छ । कांग्रेसका सभापति देउवा लगायतका नेताहरुले निर्वाचनको मिति तोक्न दाहाललाई सार्वजनिक फोरमबाट दिनहुँ जसो भन्दै आएका छन् । तर प्रचण्डले कांग्रेसका नेताहरुको भनाइलाई एक कानले सुन्ने र अर्को कानले उडाउँदै आएका छन् ।

यतिबेला कांग्रेसका नेताहरु सरकार निर्वाचनबाट हटे कांग्रेसलाई मान्य नहुने चेतावनीयुक्त भाषण गर्न थालेका छन् । यस्ता चेतावनीयुक्त भाषण हिजोआज गर्नेमा सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, प्रकाशमान सिंह,नारायणसिंह खड्का लगायतको लामै पक्ति देखापरेको छ । कांग्रेसका नेताहरुको भाषणबाट प्रचण्ड अलिकति पनि हच्किएको व्यवहारमा देखिएको छैन् । प्रचण्ड जसरी पनि निर्वाचन टार्ने आफ्नै रोड्म्यापमा हिडिरहेका छन् । उनले निर्वाचन टार्ने डिजाइन अनरुप मन्त्रिपरिषदको बैठकबाट

स्थानीय तह पुर्नसंरचना आयोगको प्रतिवेदन पुनविचार गर्न एउटा समिति बनाए । सासमितिलाई पन्ध्र दिनको समय दिए । सबैलाई थाह छ, त्यसले निर्धारित समयभित्र प्रतिवेदन बुझाउँदैन । समितिलाई किटानीका साथ दुई नम्बर प्रदेशमा उत्पण विवादलाई ध्याँन दिने भनिएको छ । सबैलाई थाह छ, दुई नम्बरमा उत्पण विवाद त्यति सजिलै मिल्दैन् । दुई नम्बर प्रदेशको विवाद समाधान नहुनु भनेको निर्वाचन गर्ने माहोल झन–झन विग्रिदै जानु हो ।

निर्वाचनको माहोल विर्गानकै लागि प्रचण्डले आयोगको प्रतिवेदन पुर्नविचारको नाटक रचेका हुन । प्रचण्डले एकपछि अर्को गर्दै निर्वाचन विथोल्ने खेल मन्त्रिपरिषदको बैठकबाट अघि बढाइरहेका छन् । के अहिले वाहिर–वाहिर सरकार निर्वाचनाट हटे कांग्रेसलाई मान्य नहुने कांग्रेसका नेताहरुले भाषण गर्नु को के तुक छ ? के मन्त्रिपरिषदको बैठक कांग्रेसका मन्त्रीहरु बाहेक बसेको हो र ? यसको अर्थ सरकारमा माओवादी हावी छ भन्ने नै हो । कांग्रेसका मन्त्रीहरु छन, मन्त्रालयहरु पनि छ ।

तर, सरकारमा कांग्रेसको सहभागिता भएको महशुस गर्न सकिने देखिएन् । अहिले प्रचण्डका गतिविधि वारे वाहिर चर्का कुरा गर्नुमा कुनै दम छैन् । अहिलेस सरकारका काम र कार्यकममा आफ्नो निर्वाचन गराउने अडानमा कांग्रेसी मन्त्रीहरुले अडान लिएको अहिले सम्म सुन्न पाइएको छैन् । के सरकारमा कांग्रेस चैत्र भित्रै स्थानीय निकायको निर्वाचन गर्ने प्रतिवद्धताका साथ गएको होइन ? खोइत, सरकारमा बसेका मन्त्रीहरुले निर्वाचनका लागि प्रधानमन्त्रीलाई ¥याख–¥याख ती पारेको ?

त्यसतर्फ कुनै सरकारमा बसेका कांग्रेसका मन्त्रीहरुले प्रधानमन्त्रीलाई दबाब दिएको सुन्नमा आएको छैन् । बरु उल्टै प्रधानमन्त्रीको हरेक गतिविधिको समर्थनमा ताली पिट्दै हिडेको देखिएको छ । यी सबै कुरा हेर्दा कांग्रेस सबै भन्दा ठुलो पार्टी हो भन्ने कुराले लज्जाबोध हुँदैन र ? जनताले कांग्रेसलाई मुलुकको सबै भन्दा ठुलो पार्टीको जिम्मेवारी दिएका हुन ।

ठुलो पार्टीको जिम्मेवारी दिएको पार्टीले मुलुकको प्रमुख दायित्व निर्वाह गर्न भुमिका त्यही अनुसारको निर्वाह गर्नु पर्ने होइन र ? कांग्रेसलाई जनताले प्रचण्डको अघि–अघि हिडन जनतम दिएका हुन् , उनको पिछलग्गु बनेु हिड्न पक्कै पनि जनमत दिएका होइन जस्तो लाग्छ । अहिले सम्म यो सरकारमा बसेर कांग्रेसले आफ्नो उपस्थिति र प्रभावकारीता देखाउन सकेको छैन ।