शैक्षिक

पोखरा विमानस्थलमा भएको अनियमितता मन्त्रीले दिेख्दैनन किन ?



काठमाण्डौ,२७ माघ। पोखरा विमानस्थलमा भएको अनियमितता एकपछि अर्को खुल्दै जाँदा पनि नियन्त्रण भएको छैन् । बरु उल्टै आर्थिक अनियमितता फस्टाउँदै गएको छ । नागरिक उडड्यन प्राधिकरणका महानिर्देशक सञ्जिब गौतमले उनलाई संरक्षण गर्दै आएका कारण विमानस्थलको आर्थिक अनियमितताले गति पाएको हो ।

पछिल्लो समय पोखरा विमानस्थलका निर्देशक प्रदीप अधिकारीले विमानस्थललाई मात्रै होइन, प्राधिकरणलाई नै डुवाउने निर्णय प्रक्रियालाई अघि बढाएका छन् । उनको सो कामलाइृ महानिर्देक गौतमले साथ र सहयोग दिइएको स्रोतले जानकारी गरायो । स्रोतका अनुसारपरामर्शदाता नियुक्ति समबन्धी काममा समेत ठुलो रकम कमिसन खाने योजनालाई अघि बढाएका छन् । सो योजनामा महानिर्देशक संञ्जिब गौतमले राम्रैसग साथ र सहयोग गर्दै आएका छन् । जबकि सो परामर्शदाता चाइनिज ठेकेदारले नै गर्नु पर्ने हो । प्राधिकरणलाई घाटा खुवाएर कमिसन खाने योजनाका साथ २५ करोडको परामर्शदाता नियुक्तिलाई बडाएर ५० करोड पु¥याएको छ ।

निर्माणकार्य सुरुभएसँगै आयोजनालाई दुहुनो गाई सम्झदै आएका आयोजना प्रमुख इन्जिनियर प्रदीप अधिकारीका कारण आयोजना लागत दैनिक बढदै गएको छ । उनले सुरु गरेको कमाउ धन्दा कारण लागत बढने भएको हो । २१ अर्ब ४७ करोडको लागतमा निर्माण सम्पन्न हुने भनिएको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण पूर्व विनियोजिीत रकममा नहुने भएको हो ।

अधिकारीले पीक्यू गर्दा मात्रै तीन करोट चट् पारेको चर्चा सेलाए पनि उनले मुआब्जा वितरणमा मोटो रकम हात परेको रहस्य एकपछि अर्को गर्दै खूल्न थालेको छ । मुआब्जा वितरणमा प्रदीपले चलखेल गरेकाले आफूहरु ठूलै अन्यायमा परेको भन्दै पिडीत कतिपय जग्गा धनीहरु अख्तियार दुरुप्रयोग अनुसन्धान आयोग र प्राधिकरणको केन्द्रीय कार्यलयमा धाइरेहका छन् । बाटो नभएकालाई बाटो देखाएर उनले आर्थिक अनियमिततालाई बढवा दिदै आएका छन् ।

कतिपय जग्गा धनीले भने आफ्नो जग्गाको पूरा मुआब्जाको रकम समेत पाउन सकेका छैनन । मुआब्जाको रकम नपाएकै कारण पीडित बनेका राजकुमार विक लगायतका जग्जा धनीहरु ऋहिले पनि मुआब्जा पूरा नपाएको भन्दै उजुरीको पोको वोकेर राजधानी आएका छन् ।

कमिसनबाट बटुलेको रकमको बलमा उनले प्राधिकरणका महानिर्देशक सञ्जिव गौतम मार्फत पर्यटनमन्त्री जीवन वहादुर शाहीलाई समेत प्रभावमा पार्न सफल भएको स्रोतले जानकारी गरायो । महानिर्देशक गौतमले प्रदीपका रहेक प्रकारका कालाकर्तुतहरुलाई ढाकछोप गर्दै आएका छन् । महानिर्देक गौतमको संरक्षणमा विमानस्थलमा खुल्लेआमरुपमा उनले कमिसनको खेललाई अघि बढाउँदै आएका छन् । महानिर्देशक गौतम र निर्देशक प्रदीपले मन्त्री शाहीलाई समेत प्रभावमा पार्न सफल भएपछि उनीहरुको लुटको धन्दा खुल्ले आमरुपमा हुन थालेको छ ।
आयोजनास्थल जाने प्रमुख बाटो पिच गर्दा उनले मोटै रकम लिएका छन् । प्रमुख राजमार्गबाट आयोजनास्थलसम्म जाने बाटो पिच गरिएको छ । झन्डै डेढ किलोमिटरमात्रै पिच गरिएको पक्की भनिएको सडकमा कमशल सामान प्रयोग गरेर ठेकेदारसँगको मिलेमतोमा काम सकिएको छ । यो बाटो सानो हुने भन्दै चिनियाँ ठेकेदारले चार लेनको बाटो बनाउने भनिरहँदा उनले कमिशनकै लागि तत्काल दुई लेनको बाटो निर्माण गरेर मोटै रकम हात पारेको स्रोतको दावी छ । यति मात्र हैन उनले आयोजनाका लागि आवश्यक नै नभएको गाडी समेत खरिद गरेका छन् । ८० लाख रुपैयाँमा खरिद गरेको गाडी प्रयोगमा आउनु भन्दा पनि कमिशन खानकै लागि खरिद गरिएको हो ।अहिले पनि १ करोड भन्दा बढीको नाला निर्माणको काम हुन लागेको छ । त्यसमा पनि उनले टेण्डर प्रक्रियामा नै सेटिङ मिलाएको चर्चा छ ।

नालाको टेण्डरको फर्म खरिद गर्नका लागि आयोजना स्थल पोखरा र आयोजनाको काठमाण्डौ कार्यलय कार्गो भबनमा तोकिएको छ । तर, सो टेण्डरको दत्र्ता भने कार्गो भवनबाट मात्रै गर्न पाउने नियम बनाइएको छ । यसो गर्नुमा आफूले चाँहेको ठेकेदारलाई काम सजिलैसंग दिने योजनाले काम गरेको वताइन्छ । आयोजना स्थलमा दत्र्ता गर्न नपाइने फर्म दत्र्ताका लागि काठमाण्डौ आउनु पर्ने खेलमा उनको कमिसनमोहले काम गरेको देखिन्छ । त्यसो त पहिले –पहिले यस्ता टेण्डरको फर्म दत्र्ता आयोजनास्थल पोखराबाट नै हुँदै आएको थियो । त्यति मात्रै होइन, प्रदीप आयोजना स्थलमा पछिल्लो समय पर्यटक गए जसो गरी जाने आउने गर्ने गरेका छन् ।

करिब सात महिना अघि महानिर्दैशक गौतमलाई प्रभावमा पारेर कार्गो भवनमा आयोजनाको कार्यलय खोलेका छन् । उनले पोखराविमानस्थलमा मात्रै होइन, यस अघि मुगुको विमानस्थल प्रमुख हुँदा समेत त्यहाँ भष्टाचार गन्हएका थिए । त्यहाँ उनले गरेको भ्रष्टाचारको उजुरीकै कारण उनी अहिले पनि अख्तियार दूरुप्रयोग धाइरहेका छन् ।


प्रदीपले सीएनसी नामक चाइनिज कम्पनीसँग मोलमोलाई गरिरहेका छन् । उनले बालुवा, सिमेन्ट, गिटी, छडलगायतका सामानहरू सप्लाई गर्ने स्थानीय ठेकेदारहरूसँग पनि रकम उठाउन सुरु गरेका छन् । यो विषय संस्कृति, पर्यटन मन्त्री शाहीले थाहा पाएर पनि थाहा नभए जस्तो गरेर बसेका छन् । सम्भबत मन्त्री महानिर्देशकको साथी भएकै कारण प्रदीपले आयोजनामा मनोमानी गर्न छुट पाएका हुन भन्ने चर्चा छ ।