शैक्षिक

तीनलाख २३ हजार प्रेरित गर्भपतनः५८ प्रतिशतले लुकीछिपी



काठमाडौं, माघ २८ । गर्भपतनलाई कानुनी मान्यता दिएपनि नेपाली महिलाहरुले मान्यता प्राप्त नभएका स्वास्थ्य संस्था तथा तालिम नपाएका व्यक्तिहरुबाट गर्भपतन गराइरहेको पाइएको छ ।
परिवार स्वास्थ्य महाशाखा र सेन्टर फर रिसर्च अन एन्भाइरोमेन्ट एण्ड पपुलेशन एक्टिभिटिज (कृपा)ले गरेको अधिकांश गर्भपतनको घटना क्रम र अनिच्छुक गर्भ सम्वन्धि पहिलो राष्ट्रिय अध्ययन अनुसार गर्भपतन गराउने महिलाहरु कानुनी मान्यता नपाएको स्वास्थ्य सस्थाबाट गर्भपतन गराइरहेको पाइएको हो । अध्ययनमा नेपालमा गर्भपतनको घटनाक्रम र अनिच्छुक गर्भ सम्वन्धित तीनलाख २३ हजार प्रेरित गर्भपतन हुने गरेको छ ।
जसमा प्रजननका लागि उपयुक्त १५ देखि ४९ उमेरका एकहजार महिलामा ४२ ले गर्भपतन गराउने गरेको पाइएको थियो । परिवार स्वास्थ्य महाशाखा प्रमुख डा. नरेशप्रताप केसीका अनुसार सबै प्रेरित गर्भपतनमध्ये ५८ प्रतिशतले लुकीछिपी गर्भपतनका प्रक्रिया अपनाएका छन् । यसरी गर्भपतन गराउदा २२ प्रतिशतमा समस्या आएको छ ।