शैक्षिक

जन्डिसका डाक्टर सापकोटाको मोवाइलमा औषधीको माग गर्दै विदेशबाट घन्टी



इलाम, २ फागुन । सुलुबुङ–८ का बालकृष्ण सापकोटा आफ्नो मोबाइलमा घन्टी बज्नेबित्तिकै औषधि जुटाउन थाल्छन।

फोन उठाएर कस्तोखालको बिरामी हो, लक्षण बताउन लगाउनुहुन्छ र सोही बमोजिमको औषधि बोकेर निस्कनछन। यो त उनको दैनिकी नै बनेको छ । स्वदेशमा मात्र होइन, उनलाई विदेशबाट पनि औषधि चाहियो भन्दै फोन आउने गरेको छ ।

गाउँघरमा खेर गइरहेका स्थानीय जडीबुटी सदुपयोग गरेर जन्डिसका डाक्टर नै बनेका छन । “मैले उपचार गरेपछि अस्पताल जानु पर्दैन, उनले भने – “उपचारका लागि ठूलाठूला र महँगा स्वास्थ्य केन्द्रसम्म धाउनु पर्दैन, घरेलु औषधि खाने हो भने घरमै बसी बसी रोग निको हुन्छ ।”

आफू सानो छँदा जन्डिसको रोगबाट पीडित भएकाले आफूले उपचार पद्धति सिकेर बिरामीको सेवा गरिरहेको बताए। “विसं २०४४ मा रोगबाट थलिएपछि उपचारका लागि भारतको दार्जिलिङ गएँ । त्यहाँ जाँदा पनि डाक्टरको साथमा रहेर दिनहुँ औषधि खानुपर्ने । त्यसैबेला एकजना बिरामीले विश्वनाथ पौडेलकहाँ जान सल्लाह दिए, उनले औषधि बनाएर खुवाएपछि मेरो जन्डिस निको भएको हो” – उनले भने । अहिलेसम्म १२ हजारभन्दा बढी जन्डिस रोगीको सफल उपचार गरिसकेको वताए ।

विदेशमा बसेका धेरै नेपाली दाजुभाइलाई जन्डिस निको पारेको उनकोदाबी छ । जन्डिसका बिरामीलाई आयुर्वेदिक पद्धतिले जडीबुटीबाट औषधि बनाएर दिएपछि डाक्टरकहाँ जानै नपर्ने सल्लाह दिए। उपचार खर्च पनि थोरै छ ।

“एक बट्टाको रु ३२० पर्छ, त्यसले निको भएन भने मात्र अरु औषधि दिन्छु”, उनले भने“बिरामीलाई एकपटकदेखि थप्नुपरेको छैन ।” उनलाई मोबाइल नम्बर पत्ता लगाएर धेरैले टाढा–टाढाबाट फोन गर्छन् ।
उहाँले सबैभन्दा पहिले २०५१ सालमा मावु–४ का अमृत गुरुङ, स्थानीय धर्म साउदेनलाई निको पार्नुभएको थियो । उनीहरूलाई निको पारेपछि थप मनोबल बढेको हो, उहाँ भन्नुहुन्छ – “अहिलेसम्म औषधि खाएर रोग निको भएन, फेरि दिनुप¥यो भनेर एकजना पनि आएका छैनन् ।”

भारतको आग्र हस्पिटलले मृत्युको मुखमा पुगेर घर फर्काएका इलाम बरबोटेका एक युवाको उहाँले उपचार गरेर अहिले तन्दुरुस्त बनाउनुभएको छ । बिहीबारे हटियामा दैनिक १० जनासम्म जन्डिसका रोगी आफूलाई कुरेर बस्ने गरेको उनी वताउँछन ।

रोगीका आफन्त घरमै बिरामी लिएर आउने गरेका छन् भने आफूकहाँ आउन नसक्ने रोगीकोमा आफैँ जडीबुटी लिएर जाने गरेको सापकोटा बताउनुहुन्छ । उहाँले बनाउनुभएको जन्डिसको औषधि नेपालका काठमाडौँ, पोखरा, बुटवल, उदयपुर, पाँचथर, ताप्लेजुङलगायतका जिल्लादेखि भारत दार्जिलिङ, सिलीगुढी र मलेसिया, कतार, दुबई, साउदीअरबसम्म पठाउने गरेको आयुर्वेदिक पद्धतिमा लाग्नुभएका सापकोटाले ।

प्रदूषित पानी, अमिलो, पिरो, बासी सडेगलेका खानेकुरा र सदाबहार एकै प्रकारका खाना खानाले हुने जन्डिस उपचारमा सर्पगन्धा, विख्मालगायतका नौ प्रकारका जडीबुटी प्रयोग गर्दै आएको उहाँको भनाइ छ । जन्डिस निको पार्ने सापकोटा जिल्लामै एक्ला व्यक्ति हुन । कालो, पहेँलोलगायतका विभिन्न प्रकारका जन्डिस निको पारिसकेको उनी वताउँछन।