शैक्षिक

जनसंख्यामा ७ जना विज्ञः तथ्याङ्कको आधुनिक अभिलेखीकरण गरिने



काठमाण्डौ ३फागुन । राष्ट्रिय जनसंख्या परिषदको पहिलो बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा सिंहदरबारमा सम्पन्न भएको छ ।

बैठकले राष्ट्रिय जनसंख्या परिषदमा ७ जना विज्ञ सदस्यको नियुक्ति गरेको छ । नियुक्त विज्ञ सदस्यहरुमा प्रा।डा। योगेन्द्र बहादुर, प्राडा रामशरण पाठक, रोशन कार्की, गणेशबहादुर गुरुङ, महेन्द्रप्रसाद शर्मा, पदमराज भट्ट र डा पुनमलाभ कर्णलाई नियुक्त गर्ने निर्णय गरेको छ । साथै बैठकले जनसंख्या सम्बन्धि सम्पूर्ण तथ्याङ्कहरुलाई संघीय संरचनाअनुसार व्यवस्थित गर्ने र विद्युतीय अभिलेखीकरण गर्ने निर्णय गरेको छ ।

बैठकमा बोल्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले व्यवस्थित र आधुनिक जीवन पद्दतिका लागि जनसंख्या नियन्त्रण र व्यवस्थापन महत्वपूर्ण रहेको बताउनु भयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘जनसंख्याको नियन्त्रणले मात्रै आधुनिक र व्यवस्थित जीवन पद्दति कायम गर्न सकिन्छ ।

संघीय संरचना अनुसार जनसंख्याको अभिलेखन र विद्युतीय अभिलेखीकरणले यसमा आधुनिक अभिलेखको व्यवस्था हुनेछ ।’ कार्यक्रममा जनसंख्या तथा वातावरणमन्त्री जयदेव जोशी, उपप्रधानमन्त्रीद्घय बिमलेन्द्र निधि, कृष्णबहादुर महरा, मन्त्रीहरु लगायतको उपस्थिति रहेको थियो ।