Banner News

स्थानीय निर्वाचनको मतपत्र छाप्ने जिम्मा जनक शिक्षलाई



काठमाण्डौ,१३ फागुन, । निर्वाचन आयोगले आगामी स्थानीय चुनावका लागि मतपत्र छाप्ने जिम्मा जनक शिक्षा सामाग्री केन्द्रलाई दिएको छ । त् समयमा नै केन्द्रले पाठ्

आयोगका पदाधिकारीहरुले शुक्रबार जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडको स्थलगत भ्रमण गरी मतपत्र छाप्ने जिम्मा दिएको हो । जनक शिक्षा केन्द्रले पनि वैशाख ३१ गतेभन्दा केही दिन अघि नै मतपत्र छापेर आयोगलाई उपलब्ध गराइसक्ने प्रतिवद्धता जनाएको छ ।

जनक शिक्षा मतपत्र छाप्न सकारात्मक देखिएपछि आयोगको टोली मेशिनको अवलोकन र लिखित प्रतिवद्धता लिन शुक्रबार भक्तपुरस्थित कार्यालयमा गएको थियो । आयोगका सचिव मैनालीले भने, ‘मतपत्र छाप्ने मेशिन काम गर्ने अवस्थामा रहेको पाइएकाले जनक शिक्षालाई मतपत्र छाप्न दिने निर्णय गरिएको हो ।

मतपत्र छाप्न आवश्यक पर्ने करिब सबै कागज समेत जनक शिक्षामा रहेको पाइएको आयोगले जनाएको छ ।

जनक शिक्षा सामाग्री केन्द्र लिमिटेडले २०३६ सालमा भएको जनमत संग्रहदेखि निर्वाचनको मतपत्र छपाइ गर्दै आएको छ ।