समाचार

भक्तपुरमा दिउँसै नगद र सुनका गरगहना चोरी



काठमाडौँ, ३१ वैशाख । भक्तपुरको भक्तपुर चाँगुनारायण नगरपालिका-१ गाखु पंञ्चदेव टोलमा चोरी भएको छ । 

प्रहरीका अनुसार पंञ्चदेव टोलमा डेरा गरी बस्ने शुबेश चौधरीको कोठाबाट कोही नभएको अवस्थामा चोरी भएको हो । चोरले ताला फोडेर  नगद २० हजार रुपैयाँ, सुनको विभिन्न गरगहना गरी करिब ५ लाख ७० हजार ५ सय रुपैयाँ बराबरको धनमाल चोरी गरेको छ ।

प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।