राजनीति

हार्ने भएपछि स्ववियु निर्वाचन नै सार्ने खेलमा लागेको छ नेविसंघः अनेरास्ववियु



काठमाण्डौ,१७ फागुन । सानो ठिमी क्याम्पस भक्तपुरमा सोमबार राती भएको तोडफोड र आगजानीको अनेरास्ववियुले भत्र्सना गरेको छ ।

आन्तरिक विवाद मिलाउन नसकेर विभिन्न वाहनामा चुनाव विथोल्ने ध्याउन्नमा रहेको नेपाल विद्यार्थी संघले अनेरास्ववियुलाई आरोप लगाएको भन्दै अध्यक्ष नवीना लामाले त्यसको खण्डनसमेत गरेकी छिन् । सानो ठिमी क्याम्पसका सन्दर्भमा भने हार्ने डरले चुनावबाट भागेको क्रान्तिकारीले अनेरास्ववियुलाई आरोप लगाएको अनेरास्ववियुको आरोप छ ।

लामाले देशभरीका क्याम्पसमा भएको तोडफोड र आगजानीका घटनामा संलग्नलाई कारवाही गर्न पनि माग गरेकी छिन् । अनेरास्ववियले निर्वाचन चाहे पनि विभिन्न विद्यार्थी संगठनका कारण निर्वाचनको वातावरण नवनेको अनेरास्ववियुको आरोप छ । यही फागनु १८ मा स्ववियु निर्वाचन हुने भनिए पनि देशभरीका ६० आंगिक क्याम्पस मध्ये २२ वटा क्याम्पसमा मात्र निर्वाचन हुने सम्भावना देखिएको छ ।