शैक्षिक

मार्च ८ को सन्दर्भमा प्रेरणादायी महिलाहरु सम्मानित



काठमाण्डौ,१८ फागुन । अन्तर्राष्ट्रिय महिला दिवशको सन्दर्भ पारेर आज राजधानीमा मोतीदेबी स्मृति केन्द्रले एक कार्यक्रम आयोजना ग¥यो । कार्यक्रममा विभिन्त्र क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका महिलाहरुलाई सम्मान गरियो ।

कार्यक्रममा मोतीदेवी स्मृति केन्द्रकी संयोजक एव नेकपा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले विभिन्त्र क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएका प्रेरणदायी महिलाहरुलाई सम्मान गरिन ।

त्यसरी सम्मानित हुने प्रेरणादायी महिलाहरुमा साख चित्रकार,अन्नपूर्ण कुवँर,चन्द्रकला वराल,लक्ष्मी भूषाल,कल्पना योन्जङ,निर्मला आचार्य,निरा अधिकारी र ठाकुर लोहार रहेका थिए । सोही कार्यक्रममा प्रेरणादायी महिलाहरु नामक पुस्तकको पनि विमोचन गरिएको थियो । सो पुस्तक मोतीदेवी स्मृति केन्द्रले प्रकाशन गरेको हो ।