शैक्षिक

नारी दिबसको अबसरमा चितवनमा क्यान्सर पीडिलाई सहयोग



चितवन, २७ फागुन । नारी दिबसको अबसरमा चितवन सेवा समाज साईप्रसले क्यान्सर पिडित महिला ललिता आलेमगरलाई आर्थिक सहयोग गरेको छ ।

नारी दिवसको अबसरमा पारेर बुधबार १०० बर्षकी तिर्थमायाँ पुनले पश्चिम चितवनको विजयनगरकी क्यान्सर पिडित आलेमगरलाई २२ हजार रकम हस्तान्तरण गरिन ।

चितवन विदेशमा रहेका महिलाहरुले आफ्नो कमाएको पैसा कटाएर यसरी सहयोग गरेको हो । एकल महिला विष्णुमायाँ पाण्डेले आफ्नो कमाएको पैसाबाट सामाजिक क्षेत्रमा यसरी सहयोग गरेकोमा चितवन सेवा समाज साईप्रसले उल्लेखनीय काम गरेको बताए ।

चितवन सेवा समाज साईप्रसकी सललाहकार कविता ढकालले उपचारमा केही भएपनि सहयोग होस् भनेर उपलव्ध गराएको बताए । ललिता आलेमगरलाई पाठेघरको क्यान्सर भएको छ । उनको अहिले क्यान्सर अस्पतालमा उपचार भैरहेको छ ।

चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिका प्रवास संयोजक समिर केसीले क्यान्सर पिडित महिलालाई सहयोग गरेकोमा चितवन सेवा समाज साईप्रसलाई धन्यवाद दिए ।

सेवा नै धर्म हो भन्ने उक्तिलाई आतमसाथ गर्दै नारी दिवसको अबसरमा सहयोग गरेकोमा खुसी व्यmत्त गर्नुहुँदै चितवन युवा समुह अन्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष मुक्तिप्रसाद अधिकारीले आगामी दिनमा पनि सहयोग जारी हुने विस्वास व्यक्त गरे।

यसैबीच पाँच दिनको सुत्केरी शुक्रनगरकी सुनिता परियारलाई सोही क्रममा १० हजार सय रुपैयाँ सहयोग गरिएको प्रवास संयोजक समिर केसीले जानकारी दिए ।