समाचार

रेबिजविरुद्धको खोप अभाव   



काठमाडौँ, १७ वैशाख । बाजुरामा रेबिजविरुद्धको खोप अभाव भएको छ ।

सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको जंगली जनावर र घरपालुवा जनावरले टोकेपछि लगाउनुपर्ने रेबिजको खोप अभाव भएको स्वास्थ्य कार्यालय बाजुराले जनाएको छ ।

रेबिजविरुद्धको खोप लगाउन आउनेको संख्या बढ्दै गए पनि जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीमा उक्त खोपको अभाव रहेको स्वास्थ्य कार्यालय बाजुराका प्रमुख महेश चन्दले बताए । जथाभावी रुपमा छोडिएका कुकुर, स्याललगायतका जनावरले टोकेका बिरामी रेबिजको खोप लगाउन आउने गरे पनि खोप अभाव भएपछि अन्य जिल्लामा पठाउनुपरेको जनस्वास्थ्य अधिकृत चन्दले बताए ।