शैक्षिक

एमाले नेता भरतमोहन उपचारका लागि थाइल्याण्ड



काठमाण्डौ,२ चैत । पूर्व उपप्रधानमन्त्री तथा नेकपा एमालेका नेता भरतमोहन अघिकारी अस्वस्थ भएपछि उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेका छन् ।

अधिकारीको सचिवालयले जारी गरेको बिज्ञप्तिमा दिशा र पिसावसम्बन्धी गम्भीर समस्या देखिएपछि डाक्टरको सल्लाहमा उपचारका लागि थाइल्याण्ड प्रस्थान गरेको उल्लेख छ ।

दिशा पिसावमा समस्या आएपछि गत पुस ७ गते उनी कान्तिपुर अस्पताल भर्ना भएका थिए । कान्तिपुर अस्पतालले बयोधा अस्पताल रिफर गरेपछि त्यहाँ उनको ८ दिनसम्म आइसियुमा राखेर उनको उपचार भएको थियो ।