Banner News

एसइई परीक्षामा चिट चोराए ठाउँको ठाउँमै कारबाहीः विद्यालयको लापरर्वाहीले दुई सय जना विद्यार्थी परीक्षा दिन बाट बन्चित



काठमाडौं, ३ चैत । माध्यमिक शिक्षा परिषद कक्षा १० एसइई को परिक्षामा चिट चोर्नेचोराउनेलाई, ठाउँको ठाउँमै कारबाही गरिने भएको छ

यसअघि एसएलसी परीक्षाको नाममा सञ्चालित परीक्षा यसपटकदेखि माध्यमिक शिक्षा परीक्षा एसइई का नाममा हुन लागेको हो ।

परीक्षा नियन्त्रक अम्बिकाप्रसाद रेग्मीले यस बर्षको परीक्षा व्यवस्थित बनाउन तीन वटा अनुगमन समिति गठन गरिएको बताए ।आजबाट सुरु हुने एसइई परीक्षाको प्रक्रिया लेटर गेटिङ प्रणालीमा हुनेछ
आजदेखि सुरू भएको माध्यमिक शिक्षा परीक्षामा एसइई इलामबाट यसपटक दुई सय दुईजना विद्यार्थी परीक्षा दिनबाट वञ्चित भएका छन् ।

समयमा नै विद्यालयमा राजस्व नबुझाएको, बिचमै विद्यालय छाडेका र ७५ प्रतिशत हाजिर नपुगेका विद्यार्थीहरूले परीक्षा दिन नपाएको जिल्ला शिक्षा कार्यलय इलामले जनाएको छ ।
कार्यलयका अनुसार यसवर्ष नियमिततर्फ चार हजार ५६४ जना परीक्षार्थी सामेल हुने भएका छन् । एक्जाम्टेडतर्फ तीन सय १४ र आंशिकतर्फ डी र इ ग्रेट ल्याउने एक सय ५० जना गरी पाँच हजार ५२८ जना परीक्षार्थी सामेल भएका छन् ।
इलाममा यसवर्ष २६ वटा परीक्षा केन्द्र तोकिएका छन् । विद्यार्थी सङ्ख्या नपुगेका कारण यसपटक सातवटा परीक्षा केन्द्र कटौती गरिएको जिशिकाका प्राविधिक सहायक अम्बिका खनालले जानकारी दिए ।