Banner News

सहिद गौतमका परिवारलाई भेट्न अध्यक्ष ओली कञ्चनपुर जाँदै



काठमाण्डौ, ३ चैत। भारतीय सीमा सुरक्षाबलले गोली हानी हत्या गरेका सहिद गोविन्द गौतमको शोकाकुल परिवारलाई भेट्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली गौतमको घर पुनर्वास नगरिपालिकास्थित आनन्दवजार जाने भएका छन् । सहिद गौतमको परिवारलाई भेट्न अहिले सम्म कुनै पनि राजनीतिक दलका नेता गएका छैनन् ।
मेची–महाकाली अभियान अन्तर्गत बिहीवार धनगढी पुगेको टोलीसँगै रहेका अध्यक्ष ओली शुक्रवार कञ्चनपुर पुग्ने स्रोतले जानकारी गरायो । । अभियान कञ्चनपुर पुगेपछि अध्यक्ष ओली सहितका एमाले नेताहरु सहिद गौतमका परिवारजनलाई भेट्न जाने कार्यक्रम तय भएको स्रोतले जानकारी गरायो ।
२७ फागुनमा नेपाली भूमिमै प्रवेश गरी भारतीय सीमा सुरक्षा बलले गोली प्रहार गरी गौतमको हत्या गरेको थियो । पुनर्वास नगरपालिका भित्रको खोलामा स्थानीय उपभोक्ता समितिले कल्भर्ट निर्माण गरिरहेकोमा भारतीय पक्षले रोक्न खोजेपछि नेपालीले प्रतिवाद गरेका थिए । त्यही क्रममा भारतीय सुरक्षाकर्मी गोलीबाट गौतमको मृत्यु भएको थियो ।