शैक्षिक

चितवनमा फेरी पनि प्रेस चौतारीको वर्चस्व अध्यक्षमा राधेश्याम–सचिवमा तीर्थ



भरतपुर, ६चैत । निकै लामो सहमतिको प्रयासपछी केही पदमा सहमति हुन नसकेपछी नेपाल पत्रकार महासंघ चितवनको आगामी नेतृत्वको लागि निर्वाचन भएको हो ।

प्रेस चौतारी निकट मानिने राधेश्याम खतिवडाले अध्यक्षका प्रत्यासी सूर्यप्रकाश कडेललाई भारी मतले पछी पारे ।

त्यस्तै खुल्ला उपाध्यक्षमा रामकान्त पौडेलले उम्मेद्वारी फिर्ता लिएपछी प्रेय यूनियन निकट नारायण प्रसाद अधिकारी निर्वाचित भएका भए । महिला उपाध्यक्षमा चाँदनी हमालले आफ्नो दावेदारी फिर्ता लिएपछी शान्ता अधिकारी निर्वाचित भएकी छिन् ।

सचिवमा तिर्थ नेपाल निर्वाचित भएका छन् ।

सदस्यहरुमा आनन्द पोखरेल, उमेश काफ्ले, उर्गेन तामाङ, प्रकाश सिग्देल, प्रस्ताव सुवेदी, राजु थापा, राजु सापकोटा र रूपा बस्नेत भारी मतका साथ निर्वाचित भए ।