शैक्षिक

एमालेले सहिद गौतमको परिवारलाई चेक र ल्यापटप–घाइते टिकारामलाई ५० हजार दिइयो



काठमाण्डौ, ६ चैत । नेकपा एमालेका उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री भीम रावलले सहिद गोविन्द गौतम परिवारलाई घरमै पुगेर पाँच लाख रुपैयाँको चेक र एक ल्यापटप हस्तान्तरण गरेका छन् । उनले गौतमका बुवा–आमा र श्रीमतीलाई भेटेरै चेक र ल्यापटप दिएका हुन् ।

पार्टीका कञ्चनपुर जिल्ला अध्यक्ष तारा लामा सहित सहिद परिवारलाई भेट्न पुगेका नेता रावलले गौतमको हत्याको विषयलाई लिएर भारतलाई माफी माग्न लगाउने र क्षतिपूर्तिका लागि पहल गर्ने बताए । यदि भारतले माफी नमागे र क्षतिपूर्ति नदिए एमाले चुप लागेर नबस्ने समेत रावलले बताए ।

त्यस्तै, सोही घटनामा भारतीयको आक्रमणमा परि घाइते भएका टिकाराम चापागाईको घरमा पुगेर पनि नेता रावलले ५० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।