अर्थ

चिनियाँ एक कंम्पनी नेपाली नोट छाप्दै



काठमाडौं,६ चैत्र । नेपाली नोट कसरी छापिएला त्यो आममानिसलाई एक प्रकारको कौतुहलको विषय पक्कै पनि बन्ने गरेको छ । नोट सुरक्षाको दृष्टिले पनि अत्यन्तै सम्बेदनशील विषय हो ।

हालै एक चिनियाँ कम्पनीले १ सय र १ हजार रुपैयाँको नेपाली नोट छापेको तस्बिरसहितको समाचार चाइना इन्टरनेशनल रेडियो सिआरआईको नेपाली सेवाले सार्बजनिक गरेको छ ।

समाचार अनुसार हालै चीनको नानछाङ बैंक–नोट प्रिन्टिङ्ग कारखाना तथा नेपाल राष्ट्र बैंकबीच २६ करोड वटा रुपैयाँ पाँचको नेपाली नोट छाप्ने ठेक्कामा सम्झौता भएको छ । गत वर्ष अर्थात् सन् १९१६ मा नेपालको लागि रुपैयाँ १ सय तथा १ हजार दरका नोट छापेको सोही कम्पनीले अन्तराष्ट्रिय बोलपत्र आह्वानमार्फत पाएको यो अर्को अर्डर हो ।