Banner News

प्रधानमन्त्रीले भने– चुनाव सफल पार्न सबैलाई आ आफ्नो ठाउँवाट जुट्न आग्रह गर्दछु



काठमाण्डौ, ८ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहालले अब चुनाव हुन्न कि भनेर कुनै पनि आशंका नपाल्न आग्रह गर्दै अवसरवादीहरुले मात्रै चुनाव हुन्न कि भनेर आशंका पाल्ने वताए।

मंगलबार शिंहदरवारमा माओवादी केन्द्र संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले उक्त कुरा बताएका हुन् । उनले भन्नुभयो ‘चुनाव घोषणा भइसकेको छ, सिंगो देश यसमा जुटिसकेको छ । चुनाव सफल पार्न सबैलाई आ आफ्नो ठाउँवाट जुट्न आग्रह गर्दछु ।

प्रधानमन्त्रीले मधेश र जनजातिका मुद्धा सम्बोधन गर्न सरकार गम्भीररुपमा लागिरहेको भन्दै सिमाकंनलाई केन्द्र र प्रदेशको चुनाव अघि टुंगो लगाउने गरी अहिले अन्य बिषयमा संविधान संशोधन गरेर जान पहल भइरहेको वताए ।

उनले आफ्नो आसन्न चीन भ्रमणले दुई देशबीचको सम्वन्धलाई अझै सुमधुर बनाउने बताए ।प्रधानमन्त्रीले भ्रमणका क्रममा नयाँ समझदारी विकास गर्न उच्च स्तरमा महत्वपूर्ण छलफलहरु हुने जानकारी दिए ।