शैक्षिक

स्थानीय निकायमा दलितलाई प्रतिनिधित्व गराउन अन्तरक्रिया



अमिर रामदाम

भरतपुर, ८ चैत । नेपाल उत्पीडित जातिय मुक्ति समाज चितवनले आज ५२ औं अन्तर्राष्ट्रिय जातिय विभेद उन्मुलन दिवसको अवसरमा एक भव्य कार्यक्रम सम्पन्न गरेको छ ।

मुक्ति समाज चितवनले नेकपा एमाले चितवनको पार्टी कार्यलयको सभाहलमा वर्तमान संवैधानिक व्यवस्थामा दलित अधिकार र स्थानिय निर्वाचनमा दलित प्रतिनिधित्व विषयक अन्तरक्रियात्मक कार्यक्रम गरेको हाे ।

कार्यक्रममा एमाले प्रदेश नं ३ का सल्लाहकार सदस्य त बहादुर विश्वकर्माको प्रमुख आतिथ्यता रहेको थियो । यस्तै एमाले चितवनका उपाध्यक्ष तेजेन्द्र बहादुर खड्का, नेकपा एमाले चितवनका सदस्य राजेन्द्र हमाल, मुक्ति समाज प्रदेश नं ३ का सदस्य सहदेव लकान्द्री, मुक्ति समाज अन्चल कमिटि सदस्य भुवन प्यासी लगायत रहेकाे थिए ।

कार्यक्रम नेपाल उत्पीडित जातिय मुक्ति समाज चितवनका अध्यक्ष विजयकुमार विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो भने कार्यक्रममा अधिवक्ता रमेश काफ्लेले कार्यपत्र प्रस्तुत गरेका थिए ।