शैक्षिक

कपिलवस्तुका मौलाना ‘नेपाली’ हज समितिको केन्द्रिय सल्लाहकारमा मनोनित



मो∙ इमरान खान

कपिलवस्तु,९ चैत । कपिलवस्तुको कृष्णनगर निवासी मौलाना मशहूद खाँ ‘नेपाली’ नेपाल सरकार गृहमन्त्रालय केन्द्रिय हज समितिको केन्द्रिय सल्लाहकारमा मनोनित भएका छन् ।

केन्द्रिय समितिको गत आइतबार बसेको बैठकले केन्द्रिय शिक्षा परिषद ९ मदरसा बोर्ड० का केन्द्रिय सदस्य एवं राष्ट्रिय मदरसा संघका राष्ट्रिय महासचिव मौलाना ‘नेपाली’ लाई सल्लाहकारमा मनोनित गरेको हो । साउदी राजदूताबाससँग वार्ताका लागि हज समितिले मौलाना नेपालीलाई वार्ता संयोजकको जिम्मेवारी दिएको छ ।

यसैगरी राष्ट्रिय मदरसा संघका राष्ट्रिय अध्यक्ष अब्दुल गनी अलकूफीलाई समेत वार्ताटोलीको मुख्य जिम्मा दिएको बताइएको छ । यसअघिको केन्द्रिय हज समितिले वार्ता गरेपनि सफल नहुँदा राष्ट्रिय मदरसा संघका राष्ट्रिय अध्यक्ष अलकूफी र महासचिव मौलाना नेपालीलाई जिम्मेवारी दिएको हो । साउदी अरबले नेपाललाई १ हजार हाजी पठाउन अनुमति दिएको छ । गतवर्ष फारम भरेकामध्ये १हजार १५ जना हाजी मक्काको हज गरी फर्किए ।

तर गतवर्षै फारम भरेका ६सय १५ जना हजयात्री सीमित कोटाका कारण जान पाएका छैनन् । साउदी अरबको अनुमति अनुसार नेपाल सरकार गृहमन्त्रालयले हजयात्राका लागि एक हजार संख्या कोटा निर्धारण गरी आवेदन खुला गरेको छ । तर गतवर्ष कटौतीमा परेकालाई पहिलो प्राथमिकतामा राखेको छ । सो अनुसार गतवर्षको संख्यामा यसवर्ष थप ३सय ८५ जना मात्र नयाँ हजयात्री मक्का जान पाउने देखिन्छन् ।

वार्ता समितिका संयोजक मौलाना मशहूद खाँ ‘नेपाली’का अनुसार नेपाल हज समितिले यसवर्ष साउदी राजदूताबाससँग २ हजार ५ सयको हाराहारीमा कोटा माग गर्ने निर्णय गरेको छ । हजयात्रामा जानेको माग बढ्दै गएकाले साउदी सरकारले पनि कोटा बढाउनुपर्ने नेपाल हज समिति सल्लाहकार एवं वार्ता समिति संयोजक मौलाना ‘नेपाली’ ले माग गर्ेका छन्। यसका लागि आफूले भरपूर पहल गर्ने समेत उहाँले बताउनुभयो ।

यसैबीच नेपाल सरकार गृहमन्त्रालयले वि।सं। २०७४ मा नेपालबाट साउदी अरबको मक्का मदिनामा हज गर्न जाने इच्छुक महानुभावका लागि आवेदन खुलाएको छ । २०७३ चैत ९ गते बुधबारदेखि २०७४ बैशाख १० गतेसम्म जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल हज समितिमा आवेदन गर्न सूचना प्रकाशित गरेको छ ।

सूचनाअनुसार फारमसँगै सक्कल राहदानी, पासपोर्ट साइजको ३ प्रति फोटो र राष्ट्रिय वाणिज्य बैंकमा नेपाल हज समिति सिंहदरबार काठमाडौंको खातामा १ लाख जम्मा गरेको सक्कल भौचर पेश गर्नुपर्नेछ । महिलाको हकमा मेहरमको राहदानीको प्रतिलिपी तथा मेहरमसँग नाता खुलेको नाता प्रमाणितको प्रतिलिपी संलग्न गर्नुपर्ने बताइएको छ । तर गत वर्ष कटौतीमा परेका रकम तथा राहदानी फिर्ता नलिएका हाजी हज्जिनहरुलाई ३ प्रति फोटो सहित फारम भरी पेश गर्न सूचना जारी गरिएको छ ।

हजयात्राका लागि कपिलवस्तुबाट गतवर्ष दुईसय पचास बढीको निवेदन परेको थियो । यसवर्ष पनि देशमै सबैभन्दा बढीको आबेदन पर्ने अनुमान गरिएको राष्ट्रिय मदरसा संघका अध्यक्ष अब्दुल गनी अलकूफीले बताए।