Banner News

प्रधानमन्त्री दाहाल संगै चीन भ्रमणमा को –को जाँदै छन



काठमाण्डौ,१० चैन ।प्रधानमन्त्री पुष्पकमल दाहाल बोआओ फोरममा भाग लिन आजैराती चीन भ्रमणमा जाँदै छन्। दाहालको सचिवालयका अनुसार, प्रधानमन्त्री दाहालसंग भ्रमणमा भ्रमणमा पत्नी सीता दाहाल, छोरा प्रकाश दाहाल, परराष्ट्रमन्त्री प्रकाशशरण महत, परराष्ट्रसचिव शंकरदास बैरागीसहित १५ जना उच्च पदाधिकारीहरु रहने जनाइएको छ ।

बोआओमा रहँदा प्रधानमन्त्रीले चैत ११ गते शुक्रबार चीनका उपप्रधानमन्त्री झाङ गाउलीसँग द्विपक्षीय छलफल गर्ने र १२ गते शनिबार मञ्चको उद्घाटन समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सोही दिन अपराह्न उनी बेइजिङतर्फ प्रस्थान गर्ने छन् ।
प्रधानमन्त्री दाहालले राष्ट्रपति सी चिनफिङसँग शिष्टाचार भेट गर्नाका साथै पारस्परिक सम्बन्धलाई अझ सुदृढ एवम् विस्तार गर्ने विषयमा विचारविमर्श गर्ने कार्यक्रम तय भएको हो ।
प्रधानमन्त्रीले बेइजिङ फरेन स्टडिज् युनिभर्सिटीले आयोजना गर्ने ‘नेपाल–चीन सम्बन्ध समृद्धिका अवसर’ विषयको एक छलफल कार्यक्रमलाई प्रमुख वक्ताका रुपमा चैत १३ गते सम्बोधन गर्ने कार्यक्रम छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री दाहाल नेतृत्वको नेपाली प्रतिनिधिमण्डल चैत १५ गते चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा पुग्नेछ । उनी आगामी चैत १६ गते बुधबार स्वदेश फर्कने कार्यक्रम छ तय भएको छ ।