राजनीति

एमालेको ३ नम्बर प्रदेश निर्वाचन परिचालन कमिटीमा को –को



काठमाडौ१२ चैत । नेकपा एमाले ३ नम्बर प्रदेश कमिटीले स्थानीय तहको निर्वाचनका लागि ३ सय ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी निर्माण गरेको छ । पार्टी उपाध्यक्ष तथा ३ नम्बर प्रदेश संयोजक अष्टलक्ष्मी शाक्यको संयोजकत्वमा कमिटी निर्माण गरिएको हो ।

कमिटीमा प्रदेश कमिटीका सदस्यहरु, सांसदहरु, पूर्व सांसदहरु, पूर्व जिविस सभापति र उपसभापतिहरु, पूर्व मेयर र उपमेयरहरु केन्द्रीय सल्लाहकार, प्रदेश सल्लाहकार समेटिएको नेता सानु श्रेष्ठले वताए

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीलाई व्यवस्थित ढंगले परिचालन गर्न, उम्मेदवारहरु टुंग्याउन र परिणाम आफ्नो पक्षमा पार्न कमिटी परिचालन हुने नेता श्रेष्ठले वताए । ।

३ नम्बर प्रदेश सबैभन्दा बढी महानगरपालिकासहित उपमहानगरपालिका, नगरपालिका र गाउँपालिका भएको प्रदेश हो । यहाँ काठमाडौं, ललितपुर र भरतपुर महानगरपालिका छन् ।