शैक्षिक

आरआरमा स्ववियू निर्वाचन चैत्र १५ मा नै हुने भो



काठमाडौं,१२ चैत । लामो समयको विवादपछि अन्ततः त्रिभुवन विश्व विद्यालय रत्न राज्य लक्ष्मी क्याम्पस आर आर०मा चैत १५ गते स्वतन्त्र विद्यार्थी यूनियन स्ववियू निर्वाचन हुने भएको छ ।

सर्वोच्च अदालतले निर्वाचनको मिति तोकी तत्काल स्ववियू निर्वाचनसम्बन्धी बाँकी कार्य सम्पन्न गर्नु गराउनु भनी क्याम्पसको नाममा अन्तरिक आदेश जारी गरेसँगै सबै विद्यार्थी संगठनसँग छलफल गरी क्याम्पसले निर्वाचनको मिति तय गरेको हो ।

यसअघि विभिन्न विद्यार्थी संगठनबीचको विवादका कारण तोकिएकै मितिमा निर्वाचन हुन सकेको थिएन । त्यस लगत्तै निर्वाचन आयोगको आचार संहिता लागू भएपछि कुनै पनि निर्वाचन नगर्न आयोगले निर्देशन दिएको थियो ।

तर आरआर क्याम्पसमा स्ववियू निर्वाचनको माग गर्दै स्ववियू निर्वाचनमा अनेरास्ववियूकातर्फबाट अध्यक्ष पदका उम्मेद्वार तपेन्द्र बहादुर शाहीले सर्वोच्चमा रिट दायर गरेका थिए । उनले दायर गरेको रिटमाथि भएको सुनुवाईमा सर्वोच्चले तत्काल निर्वाचन गराउन क्याम्पसका नाममा अन्तरिम आदेश जारी गरेको हो ।