शैक्षिक

महोत्तरीमा असिनापानीले बालीनाली नष्ट



गौशाला, १२ चैत । महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरसहित जिल्लाभरि गएराति र आज बिहान परेको असिना पानीले लाखौँको बालीनाली नष्ट पारेको छ ।

भीषण पानीसँगै अन्धाधुन्धरुपमा परेको असिनाले जिल्लाको सयौँ हेक्टर जग्गामा लगाइएको दलहन, तेलहन, गहँु र तरकारीबालीमा लाखौँको क्षति पुगेको जिल्ला कृषि विकास कार्यालय महोत्तरीले जनाएको छ ।

असिना पानीले जिल्लाका सयौँ किसानको तयारी अवस्थामा रहेको मुसुरो, मटर, केराउ, चनाजस्ता दलहन र आलस, सरसाँे, तोरी लगायतका तेलहन बालीमा ठूलो क्षति पु¥याउनुका साथै गहुँबाली र तरकारी खेतीमा समेत ठूलो क्षति पु¥याएको कृषि विकास अधिकृत सुकेश्वर झाले बताउनुभयो ।

बाली भित्र्याउने अवस्थामा आएर जिल्लामा परेको भीषण असिनापानीले किसानको बालीनालीलाई नष्ट पार्दै पीडित बनाएको छ भने किसान अब आधा बालीनाली मात्रै हातपर्ने बताउँछन् ।

यसअघि फागुन २७ गते राति पनि महोत्तरीमा परेको असिनापानीले जिल्लाका किसानको बालीनाली नष्ट पारेको थियो भने गएराति र आज बिहान परेको असिनापानीले पीडामाथि पीडा थपेको किसान बताउँछन् । रासस