शैक्षिक

शिक्षाः अभिभावको टाउँकोमा थेग्नै नसक्ने बोझ– नीजि क्षेत्रका संचालकलाई मोज



भक्तपुर, १४ चैत । शिक्षासँग सरोकार राख्ने अभिभावक संघ नेपाल, प्याब्सन र एन प्याब्सनका पदाधिकारीले सरकारको कमजोरीकै कारण नेपालको शैक्षिक क्षेत्रको बिकास हुन नसकेको आरोप लगाएका छन् ।

रफत सञ्चार क्लबले आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै उनीहरुले सरकारले शिक्षा क्षेत्रमा गरेको लगानी बालुवामा पानी खनाए सरह भएको भन्दै सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीको अनुगमन गर्न नसक्दा सामुदायिक बिद्यालयको अवस्था दिन प्रतिदिन खस्कँदै जानु र हचुवाका भरमा पटक पटक शिक्षा नियमावली परिवर्तन गरिनु र काम पुरानै शैलीमा हुने गरेकाले यस क्षेत्रको बिकास हुन नसकेको आरोप लगाएका हुन् ।
अभिभावका संघ नेपालका अध्यक्ष केशव पुरीले सरकारी शिक्षण संस्थाहरुको कमजोरीका कारण निजि नाम चलेका बिद्यालयहरुले आर्थिक ब्रम्ह लुट गर्दै अभिभावक माथि धान्नै नसक्ने आर्थिक भार थुपारेको बताए । । उनले बिश्वमै कँहि नभएको शैक्षिक कर निजि बिद्यालयले सिधै एक प्रतिशत कर बिद्यार्थीको टाउकोमा लाद्नु गलत भएको भन्दै यस्तो कर बिद्यार्थीले नभएर सञ्चालकले बेहोर्नु पर्नेमा जोड दिए ।
उनले निजि बिद्यालयको शैक्षिक प्रणाली एकै हुनु पर्ने भन्दै समय अनुकुल बिद्यार्थी शुल्कलाई परिमार्जन गरिनु पर्ने बिषय उठान गर्दा अभिभावकलाई प्याब्सन र एन प्याब्सनले दुश्मनको ब्यवहार गर्ने गरेको गुनासो गर्नु भयो ।
प्याब्सनका अध्यक्ष बिजय सम्बाहाम्फे