शैक्षिक

अन्तत नयाँ शक्तिलाई नयाँ चिरा पार्दै निर्मलले खोले अर्को नयाँ पार्टी



भक्तपुर,१६ चैत । नयाँ शक्ति नेपालले कारबाही गरेका निर्मल भट्टराईले आफ्नै नेतृत्वमा नयाँ पार्टी खोलेका छन् । नयाँ शक्ति नेपालको नामबाट आज भक्तपुरको शंखधर पार्टी प्यालेसमा राष्ट्रिय भेला गरेका भट्टराईले आफ्नो संयोजकत्वमा नयाँ कमिटी घोषणा गरेका हुन।

उनको सम्योजकत्वमा खोलिएको पार्टीमा नयाँ शक्तिले कारबाही गरेका भट्टराईसहित मोहन बम, हरिराम रिमाल र चन्द्रदेव ओझा पनि छन् । १०१सदस्यीय केन्द्रीय कमिटी बनाइएको बताएका छन् । ,उनको पार्टीको सागठानिक संरचना नेकपा एमालेको जस्तै हुने उनले वताए ।