विश्व

टर्कीमा आगामी २४ जुनमा संसदीय चुनाव हुने घोषणा



वैशाख ६, काठमाडौं – टर्कीका  राष्ट्रपति रेचेप तेयप अर्दोआनले अचानक नयाँ चुनावको मिति घोषणा गरेका हुन् ।

पूर्वनिर्धारित समयभन्दा अघि नै संसदीय निर्वाचन हुने भएको छ । टर्कीमा आगामी २४ जुनमा निर्वाचन हुन लागेको हो । यसअघि यो चुनाव सन् २०१९ मा गर्ने तय भएको थियो ।

अर्दोआनले सन् २००२ देखि टर्कीको सत्ता सम्हाल्दै आएका छन् । उनी अधिक शक्तिका साथ अझै पाँच वर्षको नयाँ कार्यकाल बिताउन इच्छुक छन् ।

टर्कीको राष्ट्रपतिलाई नयाँ शक्ति प्रदान गर्ने कि नगर्ने भन्ने विषयमा गत वर्ष जनमत संग्रह गरिएको थियो । जनमत संग्रहमा नयाँ शक्ति प्रदान गर्ने पक्षमा मत आएको थियो ।