विश्व

विश्वका सबैभन्दा जेष्ठ नागरिकको निधन



(बैशाख ९, एजेन्सी)  –  विश्वका सबैभन्दा जेष्ठ नागरिक जापानी ११७ वर्षको उमेरमा शनिबार निधन भएको छ ।

जापानी महिला नाबी ताजिमाको ११७ वर्षको उमेरमा शनिबार अस्पतालमा निधन भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । उहाँको जन्म सन् १९०० को अगस्ट ४ का दिनमा भएको थियो । किकाइ द्विपको कागोसिमा क्षेत्रमा पर्ने अस्पतालमा उहाँको निधन भएको सरकारी स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । सन् २०१५ को सेप्टेम्बर महिनामा ताजिमा जापानको सबैभन्दा जेष्ठ नागरिक बन्नु भएको थियो ।

‘गिनिस बुक अफ बल्ड रिकर्ड’का अनुसार यसअघि विश्वको नै जेष्ठ नागरिक जमाइकाका भोइलेन्ट ब्राउन सन् २०१७ को सेप्टेम्बरमा निधन भएपछि विश्वको सवै भन्दा जेष्ठ नागरिकको खोजी भएको र ताजिमा विश्वको सवै भन्दा जेष्ठ नागरिक बन्नु भएको थियो ।

ताजिमाको निधनपछि विश्वकै अर्का जेष्ठ सदस्य पनि जापानकै नागरिक हुनुभएको छ ।  ११२ बर्षका मसाजो नोनाका अहिले जिवित नागरिक मध्ये सवै भन्दा जेष्ठ नागरिक बन्नु भएको हो ।