मनोरञ्जन

फिल्म ‘ह्याप्पी डेज’ को प्रचार, दया र प्रियंका रथ चढ्ने



बैशाख १०, काठमाडौँ –  बैशाख १४ गतेलाई प्रदर्शन हुने फिल्म ‘ह्याप्पी डेज’ ले  आफ्नो प्रचार प्रसारमा यसको निर्माण टिमले उपत्यकामा रथ यात्रा गर्ने भएको छ ।

गीतसंगीत र ट्रेलरले चर्चामा रहेको यो फिल्मको थप हाइप सृजना गर्न कलाकारसहितको टोलीलाई ललितपुर र काठमाडौँको विभिन्न स्थानमा रथ चढाएर घुमाइने भएको छ ।

१० गते, सोमबार विहान १० बजे लगनखेलबाट सुरु हुने रथ यात्रा थापाथली, त्रिपुरेश्वर, दरबारमार्ग, पुतलीसडक हुँदै भृकुटीमण्डपमा पुगेर प्रेसमिटमा परिणत हुनेछ । यसपछि पुनः रथ यात्रा सिंहदरबार, माइतीघर, नयाँबानेश्वर, तिनकुने, कोटेश्वर हुँदै सातदोबाटोमा पुगेर टुंगिने छ ।

चाम्स इन्टरटेनमेन्ट र लन्डन सिने आईको व्यानरमा निर्मित ‘ह्याप्पी डेज’ मा दयाहाङ राई, प्रियंका कार्की,  संजय गुप्ता, दीया पुन, विक्की जोशी, शिशिर राणा, रुपा पुन, रिकेश चाम्स र जेन बकल अभिनय छ ।