मनोरञ्जन

बलिउड नायिका सोनम बिहेअर्को महिना



बैशाख १५, काठमाडौँ । बलिउड नायिका सोनम कपुर अर्को महिना प्रेमी आनन्द आहुजासँग बिहे गर्दैछिन ।

फिल्म ‘वीरे दि वेडिङ’ को पत्रकार सम्मेलनमा नायिका सोनामलाई ‘बिहेपछि फिल्मलाई निरन्तरता दिनुहुन्छ कि दिनुहुन्न ?’ सोधिएको थियो । उनले जवाफ दिइन्, ‘यो प्रश्न हामी नायिकाहरुलाई मात्र किन सोधिन्छ ? नायकहरुले पनि त बिहे गर्छन्, उनीहरुलाई किन सोधिँदैन ? शाहिद कपुरले मिरा राजपुतसित बिहे गर्दा बिहेपछि के गर्नुहुन्छ भनेर किन सोधिएन ?’

सो पत्रकार सम्मेलनमा सोनमले सन्तान जन्माएलगत्तै फिल्ममा फर्केकी करिना कपुरको प्रशंसा गरिन् । करिनाले इन्डष्ट्रीमा उदाहरण बसालेको उनको भनाई थियो ।