मनोरञ्जन

नटआउट’को प्रमोशनले गर्दा बच्चन डी.लिट. उपाधिबाट वञ्चित



 वैशाख १६, काठमाडौँ । मे ४ मा सार्वजनिक हुने चलचित्र ‘१०२ नटआउट’को प्रमोशनले   गर्दा अमिताभ बच्चन डी.लिट डिग्री पाउनबाट वञ्चित भएका छन् ।

पश्चिम बंगालको एउटा विश्वविद्यालयले अमिताभलाई डी.लिटको उपाधि दिने घोषणा गरेको थियो । तर पश्चिम बंगालका राज्यपाल केशरीनाथ त्रिपाठीले बिग बी उपाधि ग्रहण गर्न विश्वविद्यालयमा उपस्थित हुन नसक्ने बताइपछि उनको नाम सूचीबाट हटाउन निर्देशन दिएका छन् ।

अमिताभ बच्चनले चलचित्र क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै विश्वभरका विभिन्न विश्वविद्यालयले मानार्थ उपाधि दिइरहेका छन् ।