मनोरञ्जन

फिल्म ‘हैरान’ले प्रतिभाको खोजी गर्ने



बैशाख १६, काठमाडौँ । विश्वकै कान्छा निर्देशक सौगात विष्टले निर्देशन गरेका फिल्म ‘हैरान’ ले प्रतिभाको खोजी गर्ने भएको छ ।

जेठ ४ गतेलाई प्रदर्शन मिति तय गरिएको फिल्म ‘हैरान’ ले नृत्य, अभिनय र गायन विधाका नव-प्रतिभालाई प्रोत्साहन गर्ने गरी देशको विभिन्न भागमा राष्ट्रिय प्रतिभाको खोजी अभियान सुरु गर्न लागिएको हो।

बैशाख २० गते झापाको विर्तामोडबाट सुरु गरिने अडिसन २१ गते विराटनगर, २२ गते हेटौंडा, २३ गते चितवन, २४ गते बुटवल, २५ गते नेपालगञ्ज, २६ गते दाङ, २७ गते पोखरा तथा २८ र २९ गते काठमाडौंमा हुनेछ ।

तीनै विधाका विजेतालाई जनही १ लाख नगद र डान्स फिवर मार्फत निर्माण हुने फिल्म तथा म्युजिक भिडियोमा अवसर दिइने छ । यस्तै, टप १५ मा पर्ने सम्पूर्णलाई जनही १० हजार नगद प्रदान गरिने समेत  ‘हैरान’ टिमले जनाएका छन् ।

प्रतियोगिताका निर्णायकमा फिल्म  ‘हैरान’ का कलाकार निश्मा घिमिरे, गायक स्वरुपराज आचार्य, कलाकार निर्मल शर्मा, गायक सत्यराज आचार्य र नृत्य निर्देशक गम्भिर विष्ट रहनेछन् ।