मनोरञ्जन

गायक श्रेष्ठको ‘हुरी आयो’ गीतको म्युजिक भिडियो सार्वजनीक (भिडियो सहित)



बैशाख १६, काठमाडौं । गायक उल्सन श्रेष्ठको पहिलो साङ्गितिक कोशेली ‘हुरी आयो’ वोलको म्युजिक भिडियो सार्वजनीक भएको छ ।
खोटाङको दिक्तेलमा जन्म लिई गायन क्षेत्रमा अग्रणी भुमिका निर्वाह गर्दै आफुलाई निमा रुम्वाको गीत गाएर रक स्टारको रुपमा परिचित गराइसकेका श्रेष्ठ नेपाल आइडलमा समेत उत्कृष्ट स्वर प्रदर्शन गरी नेपाली जनताको मन मुटुमा बस्न सफल भएका भएका छन् । गायक श्रेष्ठ नेपाल आइडलमा दावेदार हुँदा हुँदै पनि भोटका कारण नेपाल आइडल हुनवाट वञ्चीत भएका थिए । उनी नेपाल आइडलमा टप ८ मा पर्न सफल भएका थिए । उनी नेपाल आइडन नभएता पनि नेपाली जनताको मनमा भने आइडल भइनै सकेका छन् ।
सो गीतमा शब्द तथा संगीत गायक स्वयम् श्रेष्ठको नै रहेको छ भने सम्पादन उज्जवल महतले गरेका हुन् । म्युजिक भिडियोको व्यवस्थापन हर्कलेख वस्नेतले गरेका छन । भिडियोलाई चर्चित निर्देशक नितिन चन्दले निर्देशन गरेका छन् भने सुरेश नेपालीले छायांकन गरेका हुन।
उक्त म्युजिक भिडियोमा चर्चित मोडल आचल शर्मा, इन्जमान अलि खान र गायक स्वयम् को समेत दमदार प्रस्तुती रहेको छ ।