विश्व

चीनमा द योङ कार्ल मार्क्स प्रदर्शन सुरु



बैशाख २२, एजेन्सी । चलचित्र द योङ कार्ल मार्क्स चीनमा शनिबारदेखि प्रदर्शन सुरु गरिएको छ ।

 सो चलचित्रमा  कार्ल मार्क्सको जीवनी समेटिएको र कार्ल मार्क्स र ऐंगेल्सको बाल्यकाल पनि  समेटिएको छ । कार्ल मार्क्स २०० वर्षको जन्मशताब्दिको अवसरमा उक्त चलचित्र प्रदर्शन थालिएको बताइएको छ ।  उक्त चलचित्रमा मार्क्स र एंगेल्सको बाल्यकाल, उनीहरुले एक आपसमा मिलेर कसरी काम गर्नुभयो भन्ने बारेमा जानकारी समेटिएको छ ।

 अष्ट्रेलिया, बेल्जियम, फ्रान्स र जर्मनीका कार्ल मार्क्स सहयोगीहरुले निर्माण गरेको यस चलचित्र हाइटियन चलचित्र निर्माता कम्पनी राउल पेकले निर्देशन गरेका थियो ।  उक्त चलचित्रमा जर्मन कलाकार अगष्ट डियाअलले कार्ल मार्क्सको भूमिका खेलेका छन् भने अरु कलाकारहरु जर्मनीकै रहेका छन् ।