मनोरञ्जन

‘बाहुबली २’ ले चीनको पर्दामा सानदार रेकर्ड



बैशाख २३, एजेन्सी ।  बलिउड फिल्म बाहुबली २ : द कन्क्लूजन’ ले अहिले चीनको पर्दामा सानदार कलेक्सन गरिरहेको छ ।

यस फिल्मको पहिलो दिनको कलेक्सन १९ करोड रहेको छ । योसँगै ‘बाहुबली २’ ले सलमान, आमिर खानको फिल्मलाई समेत पछाडि छाडिदिएको छ ।

फिल्मले रिलिज पहिला नै आमिरको ‘दंगल’ को रेकर्ड ब्रेक गरेको छ । यसले चीनमा ७ हजार ‘स्कृन’ पाएको छ ।  ‘दंगल’ लाई चीनमा करीब ७ हजार स्कृन मिलेको थियो । तर, प्रभासको फिल्म सलमान खानको ‘बजरंगी भाईजान’ को रेकर्ड तोड्न भने सकेन । फिल्म ‘बजरंगी भाईजान’ लाई चीनमा ८ हजार ‘स्कृन’ मिलेको थियो ।

आमिरको ‘सीक्रेट सुपरस्टार’ चीनमा ६ हजारभन्दा बढी स्कृनमा रिलिज भएको थियो । अर्कोतर्फ, ‘बाहुबली २’ ले चीनमा प्री-सेल्स र एडभान्स बुकिङमा १ करोड ६६ लाखको कमाई गरेको छ । यसकारण एडभान्स बुकिङको मामलामा यो फिल्म सबैभन्दा बढी कमाई गर्ने फिल्म बनेको छ ।